जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ


रूकुम पश्चिम, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बाँफिकोट गाउँपालिका-२ बस्ने २६ वर्षीय दुर्गालाल भन्ने दुर्गालाल दमाईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत रूकुम पश्चिमको २०८१ माघ ६ गतेको फैसलाले उक्त मुद्दामा १२ वर्ष कैद सजाय, ५ लाख रूपैयाँ जरिवाना र ५० हजार रूपैयाँ क्षतिपुर्ती ठहर भई कारागार कार्यालय रूकुम पश्चिममा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।