सुनजस्तो धातु देखाउँदै एक करोड बढी ठगी गर्ने थापा पक्राउ



काठमाडौं ।  सुनजस्तो पहेँलो धातु देखाउँदै एक करोड बढी ठगी गर्ने अनिश थापा पक्राउ परेका छन् 

एक करोड ३९ लाख ३० हजार ठगी गरेको अभियोगमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ का थापालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंबाट परिचालन भएको टोलीले उनलाई टोखाबाट नियन्त्रणमा हो। टोखा नगरपालिका-९ मिलनटोलस्थित एक गेष्ट हाउसबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।