सिन्धुपाल्चोक । नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले आकस्मिक बैठक आह्वान गरेको छ। जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा हुने बैठक भदौ ३१ गते बुधबार बिहान ८:३० बजे जोरपाटीस्थित पिस बैंक्वेटमा बस्ने भएको हो।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, संगठनको सुदृढीकरण तथा आगामी जिल्ला अधिवेशनको तयारी लगायतका विषयमा महत्वपूर्ण छलफल हुने बताइएको छ।
त्यसैगरी, संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै आगामी राजनीतिक तथा सांगठनिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत बैठकमा छलफल हुने जनाइएको छ।
जिल्ला कार्यसमितिले बैठकमा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ।
बैठकलाई आगामी जिल्ला अधिवेशनको तयारी र संगठनको भावी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।




प्रतिक्रिया