सभामुख र राष्ट्रिय सभाका अध्यक्षबिच भेटवार्ता


काठमाडौँ । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबिच भेटवार्ता भएको छ।

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरुबिच भेटवार्ता भएको हो ।

भेटमा सङ्घीय संसद्लाई अझ व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउन गर्न सकिने काम, डिजिटल संसद्को सन्दर्भ, चालु अधिवेशनका कामकारबाहीको समीक्षा र अधिवेशन अन्त्य लगायतका विषयमा कुराकानी भएको थियो।