श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूतबीच भेटवार्ता


काठमाडाैं । नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत महामहिम मोहम्मद फिरदौस अजमानले आज युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवसँग मन्त्रालयमा द्धिपक्षिय भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा मन्त्री यादवले मलेसियाको एफडब्लुसिएमएसमा नेपालका केही इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थालाई मुख्य र सहायक संस्थाका रूपमा सूचीकृत गरिएको विषयप्रति सरकार गम्भीर रहेको जानकारी गराएका थिए ।

संस्थाहरू सूचीकृत मूल्यांङ्कन प्रणाली तथा मापदण्ड नेपाल सरकारलाई आधिकारिक रूपमा उपलब्ध गराउन अनुरोध गरे ।

मन्त्री यादवले वैदेशिक रोजगार व्यवसायमा प्रतिस्पर्धा सङ्कुचित हुने, सीमित संस्था वा समूहको नियन्त्रण कायम हुने कुनै पनि व्यवस्था कानुनी प्रावधान विपरीत र द्धिपक्षिय श्रम सम्झौता विपरीत हुने विषय नेपाल सरकारलाई स्वीकार्य नहुने स्पष्ट पारे ।

सबै इजाजत पत्र प्राप्त संस्थाका लागि समान अवसर, पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित हुनुपर्ने स्पष्ट धारणा उनले राख । साथै केही सूचीकृत इजाजत पत्र प्राप्त संस्थाहरूले आफूहरू एफडब्लुसिएमएस प्रणालीबाट बाहिरिने इच्छा राखेको विषय समेत जानकारी गराए ।

उनले यस विषय समाधानका लागि जतिसक्दो चाँडो द्विपक्षीय कूटनीतिक परामर्श र नेपाल सरकारको प्रयासमा सहजीकरण गरी मलेसिया सरकारसँग आवश्यक समन्वयको लागी पहल गर्न पनि महामहिम कार्यवाहक राजदूतलाई अनुरोध गरे ।