काठमाडौं । जेनजी आन्दोलनका घाइते सुरेन्द्रजंग थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालकाे साक्षात्कार कार्यक्रममा थापाले शाहीले आफूहरूले कसैलाई घिसार्ने वा धम्की दिने कुरा नगरेको स्पष्ट पारे।
आचार्यले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा फरक धारणा राखेकै आधारमा सांसदविरुद्ध धम्की र दबाब दिने गतिविधि स्वीकार्य नहुने बताएका थिए। उनले अभिव्यक्ति स्वतन्त्रताको अधिकारको चर्चा गर्दै सांसदहरूलाई सार्वजनिक रूपमा लतार्ने, घिसार्ने, घर जलाउने वा रक्तपात गर्ने धम्की आउनु गम्भीर विषय भएको बताएका थिए।
आचार्यको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै थापाले आफूहरूले कसैलाई घिसार्ने कुरा नगरेको बताए । शाहीले विगतमा छोरा गुमाएका शहीद परिवारले अझै न्याय पाउन नसकेको बताए। आन्दोलनका क्रममा घाइते भएका जेनजीहरूको उपचारसमेत सरकारले नगरेको भन्दै उनले सरकारकाे चर्काे आलाेचना गरे । सरकारले उपचार गराएको भए त्यसको प्रमाण प्रस्तुत गर्न उनले चुनौती दिए।
“हामीले मागेको भनेको छातीमा गोली थापेर शहीद भएकाहरूलाई न्याय दिनुपर्यो, सम्मान गर्नुपर्यो,” थापाले भने।
सरकार गठन भएको करिब छ महिना पुगिसक्दा पनि जेनजी आन्दोलनको भावना र मागअनुसार काम हुन नसकेको उनकाे भनाइ छ ।
केही दिनअघि रास्वपा सांसद क्रान्तिशिखा धितालले भदौ २३ गते पुरानो संसद् भवन परिसरमा आयोजित ‘जेनजी शहीद प्रथम स्मृति दिवस’ कार्यक्रमबारे सार्वजनिक टिप्पणी गरेकी थिइन्। उनले शहीद परिवार र आन्दोलनका घाइतेको पीडा सम्बोधन गर्नुपर्ने बेला भव्य मञ्च तथा धर्मगुरुको सहभागितासहित कार्यक्रम आयोजना गरिएको भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाएकी थिइन्।
सोही अभिव्यक्तिलाई लिएर सिंहदरबारको मुख्य गेटअगाडि जेनजी शहिदका परिवारले प्रदर्शन गरेकाे थियो।




प्रतिक्रिया