काठमाडौँ । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धारका क्रममा माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको टनेलभित्र ६ वटा शव फेला परेका छन्।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शुक्रबार दिउँसो १२:५ बजेसम्मको अद्यावधिक तथ्याङ्क अनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा ती शवहरू फेला पारेको हो।




प्रतिक्रिया