दमौली (तनहुँ), ८ असोज । तनहुँ ख्रिष्टियन समाजले भोटेकोशी बाढी प्रभावितका लागि रु दुई लाख सहयोग प्रदान गरेको छ ।
समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम दाखिला गरेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए ।
समाजका अध्यक्ष कृष्णदेव श्रेष्ठले भने, “बाढीपीडितको राहत र पुनःस्थापनाका लागि सरकारसँग हामी पनि छौँ भन्ने सन्देश दिन सहयोग गरेका हौँ”।
प्रमुख जिल्ला अधिकारी तिवारीले प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।
यसैबीच, व्यास नगरपालिकाले भोटेकोशी बाढीपीडितको सहायतार्थ राहत कोष सञ्चालन स्थापना कोष स्थापना गरेको छ । कोषमा रु तीन लाख सङ्कलन भएको छ ।




प्रतिक्रिया