काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत धादिङका सात स्थानमा पहिरो खसेको छ। पहिरोका कारण कृष्णभिर र तिगराङ खोलामा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला र कमेरेभिरमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
कृष्णभिरमा दुई वटा उपकरण प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ। अन्य स्थानमा भने निरन्तर वर्षा र पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया