भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ र ५ को सीमा भएर बग्ने घट्टे खोलाको बस्ती बाढीबाट जोगाउन बागमती प्रदेश सरकारले तत्काल दुई करोड रुपैयाँ निकासा गर्ने भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै तटबन्धन निर्माणका निम्ति सो रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन्। मुख्यमन्त्री थापाले विपद् कोषमार्फत उक्त रकम निकासा गरी क्षति न्यूनीकरणको काम अघि बढाउने उल्लेख छ ।
घट्टे खोलामा पक्की तटबन्धन नहुँदा मोर्डन, गड्डेधारालगायतका क्षेत्रमा बर्सेनि बाढी पसेर घरका साथै ठूलो भौतिक क्षति पुग्दै आएको छ। यसबाहेक खोलाको बाढीले बर्सेनि सयौँ रोपनी खेतमा लगाइएको धानबालीसमेत नष्ट गर्दै आएकाले दीर्घकालीन समाधानका लागि तटबन्ध निर्माण अनिवार्य बनेको स्थानीय बताउँछन्।




प्रतिक्रिया