काठमाडौँ। सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
आइतबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले राणालाई घरमै सुतिरहेको अवस्थामा उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगिएको र करिब १० घण्टा राखिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो।
राणाको पक्राउपछि चौतर्फी आलोचना भएपछि प्रहरीले भने उनको सुरक्षामा खतरा देखिएकाले नियन्त्रणमा लिएर कार्यालयमा ल्याइएको दाबी गर्दै आएको छ।
सर्वोच्च अदालतले न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाको महत्वपूर्ण अंग भएकाले राज्यका निकायबाट उनीहरूमाथि गरिने व्यवहार संवेदनशील र कानुनसम्मत हुनुपर्नेमा जोड दिएको छ।
पूर्ण बैठकले कानुनले निर्धारण गरेको उचित प्रक्रिया पालना नगरी गरिने कारबाहीले स्वेच्छाचारितालाई बढावा दिने उल्लेख गर्दै त्यस्तो कार्य लोकतान्त्रिक प्रणालीका लागि स्वीकार्य नहुने जनाएको छ।





प्रतिक्रिया