तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-४ ठूलढुङ्गामा पहिरो खस्दा एउटा घर जोखिममा परेको छ। साेमरबार साँझ भोजराज थापाको घरको पछाडिबाट पहिरो खसेपछि घर जोखिममा परेको हो । पहिरोबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
सो घरमा बस्दै आएका चार जना परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी डुम्रे, तनहुँबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।नदीमा आएको बाढीका कारण त्रिशूली बजारसहित आसपासका क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति भएको थियो। विपद्पछि सशस्त्र प्रहरी बलले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र नागरिकको सुरक्षाका लागि निरन्तर जनशक्ति परिचालन गर्दै आएको छ।




प्रतिक्रिया