सञ्जय लामाले क्षेत्रीय सभापतिको उम्मेदवारी फिर्ता लिए, आङ दोर्जे शेर्पालाई समर्थन


सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिएका सञ्जय लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

लामाले सोमबार आफूले क्षेत्रीय सभापति पदका लागि दर्ता गराएको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्। उनले अधिवेशनमा क्षेत्रीय सभापति पदका अर्का उम्मेदवार आङ दोर्जे शेर्पालाई आफ्नो पूर्ण समर्थन रहने जानकारी दिए ।

उम्मेदवारी फिर्ता लिँदै लामाले पार्टीको एकता, संगठनको सुदृढीकरण तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई थप बलियो बनाउँदै अघि बढ्नु आफूहरूको साझा संकल्प रहेको बताएका छन्।

“पार्टीको एकता, संगठनको सुदृढीकरण र लोकतान्त्रिक मूल्य–मान्यतालाई अझ बलियो बनाउँदै अघि बढ्ने हाम्रो साझा संकल्प हो,” लामाले भनेका छन्।