काठमाडौं, अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा ३ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा ६ जना र कर्णाली प्रदेशमा २ जना गरी जम्मा ३५ जनाको मृत्यु भएको हो । जसमध्ये धनुषामा १ जना, मकवानपुरमा १ जना, धादिङमा १ जना, काभ्रेमा १ जना, बागलुङमा १२ जना, मनाङमा ४ जना, म्याग्दीमा ७ जना, पाल्पामा ५ जना, रोल्पामा १ जना, डोल्पामा १ जना र रूकुम पश्चिममा १ जना रहेका छन् ।
बाढी, पहिरो लगायतका विपद्मा परी १५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै २ हजार ६ सय ९५ जनाको उद्दार गरिएको छ ।
यसका साथै प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गरिरहेको छ ।




प्रतिक्रिया