काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गणेश लामाले पार्टीको १५औँ महाधिवेशनमा पुनः केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
लामाले कांग्रेसको लोकतान्त्रिक मूल्य, आदर्श र ऐतिहासिक विरासतलाई आत्मसात् गर्दै पार्टीलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउन आफ्नो सक्रियता र योगदानलाई निरन्तरता दिने उद्देश्यले उम्मेदवारी दिन लागेको जानकारी दिए ।
यसअघि केन्द्रीय सदस्यका रूपमा निर्वाह गरेको जिम्मेवारीलाई थप प्रभावकारी बनाउँदै पार्टी संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान र जनताको विश्वास बलियो बनाउने अभियानमा काम गर्ने उनको भनाइ छ।
लामा १४औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए। १५औँ महाधिवेशनमा उनी स्वयंसेवक व्यवस्थापन समितिको संयोजकको जिम्मेवारीमा समेत छन्।





प्रतिक्रिया