कांग्रेसमा १५ जना सहमहामन्त्री हुने


काठमाडौँ । नेपाली कांग्रेसमा १५ जना सहमहामन्त्री हुने भएका छन् ।

खुल्लामञ्चमा कांग्रेसको सोमबार बसेको केन्द्रीय समिति बैठकले ४ मनोनीत महिलासहित १५ जना सहमहामन्त्री हुने निर्णय गरेको हो।

यसअघि कांग्रेसमा ८ जना सहमहामन्त्री हुने व्यवस्था थियो । केन्द्रीय समिति बैठकले गरेको निर्णय अब महाधिवेशनको बन्दसत्रबाट पारित भएपछि कार्यान्वयनमा जानेछ ।