काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन् ।
महोत्तरीको बर्दिबासमा बिहीबारदेखि जारी ९औँ केन्द्रीय महाधिवेशनमा नयाँ कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी परेको थियो । अध्यक्ष पदमा शर्माको मात्र उम्मेदवारी परेपछि उनी शुक्रबार निर्विरोध निर्वाचित भएका हुन् ।
लामो समयदेखि नेपाली लोकसङ्गीतमा सक्रिय शर्माले यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। मौलिक लोकभाका, व्यङ्ग्यात्मक प्रस्तुति र जनजीवनसँग जोडिएका गीतमार्फत उनी दर्शक तथा श्रोतामाझ लोकप्रिय छन्। प्रतिष्ठानका विभिन्न पद हुँदै यहाँसम्म आइपुगेका उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
त्यस्तै, प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष पदमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी र द्वितीय उपाध्यक्ष (साङ्गठनिक) तर्फका उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा जुना शिरिष पनि निर्विरोध भएकी छन्।




प्रतिक्रिया