अध्यादेशको विपक्षमा कांग्रेस,भन्याे- ‘भूमिसम्बन्धी अध्यादेश संसद्‌बाटै ल्याउनुपर्छ’


काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमिसम्बन्धी अध्यादेशप्रति असहमति जनाउँदै कानुन संशोधनको प्रक्रिया संसद्बाट अघि बढाउनुपर्ने बताएकाे छ ।

शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत ऐन संशोधन गर्ने सरकारी तयारी संसदीय लोकतान्त्रिक अभ्यासअनुकूल नभएको बताइन् ।

उनले कानुनमन्त्री सोविता गौतमको भूमिसम्बन्धी कानुन संशोधनबारेको वर्तमान अडानमाथि प्रश्न उठाउँदै विगतमा उनले राखेको धारणा र अहिले सरकारमा रहँदा लिएको नीतिबीच विरोधाभास देखिएको टिप्पणी गरिन् ।

‘कानुनमन्त्रीज्यूले हिजो राख्नुभएको संशोधन त्यतिबेला सही हुने, तर आज त्यही संशोधन गलत हुने किन ?’ भन्दै थापाले सरकारको भूमिकाबारे प्रश्न उठाइन् ।

कांग्रेसले यसअघि पनि भूमिसम्बन्धी अध्यादेश ल्याउने प्रयासको विरोध गरेको स्मरण गराउँदै उनले कानुन निर्माणजस्तो महत्वपूर्ण विषयमा संसद्लाई छल्न नहुने बताइन् ।

Skip This