काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापाले भाेलि शपथ लिने भएका छन्। दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा शपथ लिन लागेका हुन्।
सभापतिमा श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले हराउँदै थापा निर्वाचित भएका थिए। थापाले ६ हजार ५८४ मत पाउँदा खड्गीले ३७५ मत प्राप्त गरेका थिए।
सभापति थापाको शपथ भाेलि भएपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम भने दशैँपछि गर्ने तय भएको छ।
नयाँ केन्द्रीय समितिको शपथपछि कार्यसमितिको पहिलो बैठक बस्नेछ।




प्रतिक्रिया