काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले रास्वपा सांसद खगेन्द्र सुनारको अडिओ प्रकरणबारे मन्त्रीपरिषद्को बैठकमा कुनै छलफल नभएको बताएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले सुनार प्रकरणमा सरकारले दबाउने कुनै नियत नराखेको बताए ।
उनले भने, ‘यो विषयमा मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन । सरकारले कुनै मुद्दा दबाउन खोजेको छैन। आवश्यक पर्दा अनुसन्धान गरेर विधिवत् रूपमा टुङ्ग्याउँछ। सरकारले मुद्दालाई दबाउने कुनै नियत छैन। त्यस्तो हुनु हुँदैन।’




प्रतिक्रिया