काभ्रेपलाञ्चोक । दशै मनाउन काठमाडौंबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस दुर्घटना भएको छ । सिन्धुलीको गोलोञ्जोर गाउँपालिकास्थित खुर्कोटमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर ९ जना यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खाना खाएर यात्रुहरू चढाउने क्रममा बा.प्र.०३–००१ ख.२७७४ नं.को गाडी ब्याक गर्दा दुर्घटना भएको थियो ।
पछाडीको चक्का अचानक नालामा परी सडकबाट अन्दाजी १० मिटर तल खसेको प्रहरीले जनाएको छ । ९ जना घाइतेलाई उद्धार गरी शुभजिवन अस्पताल खुर्कोट र सुनकोशी सामुदायिक अस्पताल खुर्कोट पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय श्रेष्ठले जानकारी दिए ।




प्रतिक्रिया