पूर्वमन्त्री वीरबहादुर थापाको राजीनामा स्वीकृत


काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री वीरबहादुर थापाको राजीनामा स्वीकृत भएको छ । थापाले गत मंगलबार प्रदेशसभाबाट बजेट पारित भएलगत्तै सांसद पदबाट राजीनामा दिएका थिए ।

उनले प्रदेशका पूर्वभूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका थिए ।

उनी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित भएका थिए । उनी यसअघि सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीसमेत बनेका थिए ।

बजेट पारित गर्ने प्रक्रियाका क्रममा प्रदेशसभाभित्र देखिएको विवादका बीच थापाले सांसद पदबाट राजीनामा दिएका हुन् । बजेटमा आफ्नो निर्वाचन क्षेत्रका लागि पर्याप्त विकास योजना समेटिन नसकेको र बजेट निर्माण तथा पारित प्रक्रियामा देखिएको अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले पद छाडेको बताएका थिए ।

Skip This