काठमाडौँ । साउदी अरबको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै रियादस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
दूतावासले एक सूचना जारी गर्दै साउदीका आधिकारिक निकायबाट जारी सुरक्षा निर्देशन पालना गर्न, अपुष्ट समाचार तथा तस्बिर सामाजिक सञ्जालमा सेयर नगर्न र विशेष सुरक्षा चेतावनी जारी भएका बेला बाहिर ननिस्कन अनुरोध गरेको हो ।
त्यस्तै, साउदी अरबबाट नेपाल वा अन्य देशमा हवाई यात्रा गर्नुअघि उडान तालिका परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गर्न पनि दूतावासले आग्रह गरेको छ ।
आवश्यक परे रियादस्थित नेपाली दूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।
सम्पर्क विवरण
नेपाली राजदूतावास, रियाद
- फोन: 0114611108, 0112883795
- मोबाइल/ह्वाट्सएप: +966559389600, +966535692658
- इमेल: [email protected]
नेपाली महावाणिज्यदूतावास, जेद्दा
- फोन: 0126226665, 0126226683
- मोबाइल/ह्वाट्सएप: +966535024169, +966559744253, +966531328957
- इमेल: [email protected]





प्रतिक्रिया