काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैली र व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका थापाले विभिन्न मिडिया हाउसमा पुगेर सञ्चारकर्मी पक्राउ गरिएको विषयप्रति आपत्ति जनाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
सरकारका पछिल्ला गतिविधि चिन्ताजनक रहेको उल्लेख गर्दै उनले राज्यका निकायलाई सरकारले आफ्ना आदेश पालना गर्ने संयन्त्रका रूपमा बुझ्न थालेको आरोप लगाए।
‘अहिले सरकारको कामकारबाही चिन्तित नै भएर हेर्नुपर्ने विषय भयो। प्रवृत्ति चिन्तित नै बनाउने खालको छ,’ उनले भने, ‘हामी नै हो स्टेट, हामीले बोलेको कुरा हुकुम हुन्छ, अड्डा, अदालत, प्रहरी हाम्रा आदेश पालना गर्नेहरू हुन् भन्ने सोचियो।’
थापाले सरकारले शक्तिको स्वेच्छाचारी प्रयोग गरिरहेको आरोपसमेत लगाए।
‘शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ,’ उनले भने, ‘मेरो इच्छा नै कानुन हो भन्ने भयो अहिले भएकै त्यही हो। प्रवृत्तिले हद नाघेको छ।’




प्रतिक्रिया