१७ कात्तिक, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको नि:शुल्क एआई तालिममा ६८ हजारको आवेदन परेको छ ।
मन्त्रालयका अनुसार ‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रोम्प इन्जिनियरिङ’ विषय तालिमका लागि ६८ हजार भन्दा बढीको आवेदन परेको हो ।
सुरुमा दुई हजार युवालाई लक्षित गरी योजना गरिएको उक्त तालिममा अपेक्षाभन्दा धेरै आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
अब आवेदन दिएका सबै आकांक्षी युवालाई तालिममा सहभागी गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार तालिमका लागि तालिम सुरु हुनुभन्दा दुई घण्टाअघि एसएमएसमार्फत लिंक पठाइने र त्यो लिंकबाट आवेदकले नाम र मोबाइल नम्बरका आधारमा आफूले आवेदन फाराममा रोजेको सत्रअनुसार तालिममा सहभागी हुने व्यवस्था गरिएको छ ।




प्रतिक्रिया