काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापालाई पक्राउ गर्ने प्रयास भए कांग्रेसले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
ललितपुरको बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा बोल्दै राणाले सरकारले सभापति थापाविरुद्ध प्रतिशोधपूर्ण कदम चाल्न खोजे पार्टी चुप लागेर नबस्ने बताएका हुन् ।
उनले सभापति थापामाथि सरकारले कुनै पनि अनुचित कदम चाले कांग्रेसले दृढतापूर्वक प्रतिरोध गर्ने स्पष्ट पारे । राणाले भने, ‘सभापति थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन । त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौँ ।’
बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर गगन थापालाई पक्राउ गर्ने प्रयास भइरहेको राणाको दाबी छ । उनले सरकारले प्रतिशोधपूर्ण व्यवहार देखाए त्यसको विरोधमा उत्रिन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।




प्रतिक्रिया