काठमाडाैँ। इजरायलमा नयाँ सरकार गठनको अभ्यासकाबिच अरब राजनीतिक दलहरूले पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई समर्थन गर्ने निर्णय गरेका छन्। राष्ट्रपति आइज्याक हर्जोगले पनि उहाँलाई सरकार गठनका लागि आमन्त्रण गरेका छन्।
गादी आइजेनकोटसँग नयाँ सरकार गठन गर्न अब २८ दिनको समय हुनेछ, जसमा सम्भावित १४ दिनको म्याद थपिएको छ। इजरायलको १२० सदस्यीय संसदमा सरकार गठनका लागि कम्तीमा ६१ सांसदको समर्थन चाहिन्छ भने छ राजनीतिक दलका ६७ सांसदले आइजेनकोटलाई समर्थन गर्ने बताइएको छ।
उता बेन्जामिन नेतन्याहूको नेतृत्वमा रहेको गठबन्धनलाई बहुमतको भन्दा निकै कम समर्थन छ। यही कारण राष्ट्रपतिले उहाँलाई सरकार गठनका लागि पहिलो मौका दिएनन्।
तर, प्यालेस्टाइन समर्थक परिधिमा पनि आइजेनकोटको नीतिमाथि प्रश्न उठेको छ । उहाँ नेतान्याहूको युद्ध क्याबिनेटको हिस्सा हुनुहुन्छ र प्यालेस्टाइन मुद्दामा उनको नीतिलाई पनि कडा मानिन्छ ।
आइजेनकोटलाई समर्थन किन ?
दुवैको कट्टरपन्थी अडानका बाबजुद अरब राजनीतिक दलहरूले किन आइजेनकोटलाई समर्थन गरे यो बिषय रोचक बनेको छ। यो उनीहरूको लामो समयदेखि सत्तामा रहेका नेतान्याहुलाई सत्ताबाट हटाउने लक्ष्य हुनसक्छ।
वास्तवमा अरब पार्टीहरूको यो निर्णयलाई आइजेनकोटको नीतिसँग सहमत हुनुभन्दा पनि नेतान्याहूलाई सत्ताबाट बाहिर राख्ने रणनीतिको एक हिस्साका रूपमा हेरिएको छ।
इजरायलका अरब राजनीतिक दलहरूको गठबन्धन संयुक्त सूचीका अध्यक्ष युसुफ जबारिनले भने, “आइजेनकोटलाई समर्थन गर्ने अरब दलहरूको निर्णय उनलाई सत्तामा ल्याउने भन्दा पनि नेतन्याहूलाई सत्ताबाट बाहिर राख्ने प्रयास हो।”
अरब राजनीतिक दलहरूको गठबन्धनका अध्यक्ष जबारिनले यो राजनीतिक बाध्यतातर्फ औँल्याउँदै भने,“हामी राम्रो र राम्रोमध्ये एक छनौट गरिरहेका छैनौँ, तर हाम्रो अगाडि खराब र नराम्रोबिच नै छान्नुपर्ने विकल्पहरू छन्।”
इजरायलका विपक्षी नेता तथा पूर्व सेना प्रमुख गादी अखइजेनकोटले यासरका लागि चुनावी अभियान सुरु गरेका थिए।
इजरायलमा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनका लागि नेतान्याहुले पनि निम्तो दिनुभएको छ तर त्यसो गर्दा आजेनकोटमाथि नेतान्याहु हावी हुने र पहिले झैँ नेतृत्व हडप्ने डर रहनेछ।
गठबन्धनका अध्यक्ष जबारिन भन्छन्, “अरब पार्टीहरूको प्राथमिकता आइजेनकोट प्रधानमन्त्री बन्ने वा हामी आफैँ पनि सरकारको हिस्सा हुनुपर्छ भन्ने होइन । लामो समयको राजनीतिक नेतृत्वमा रहेको समूहलाई शासन गर्न का लागि नै सत्तामा पुर्याउने परिपार्टीको अन्त्य गर्नु हो।” रासस




प्रतिक्रिया