काभ्रे। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० स्थित सुन्डीखोलामा पुल निर्माण गरिएको छ । रु एक करोड ७९ लाखको लागतमा सो पुल निर्माण गरिएको हो।
पूर्वाधार विकास कार्यालय, धुलिखेल र रोशी गाउँपालिका–२ स्थित एम/एस लामा प्रगति निर्माण सेवाबीच पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। धुलिखेल नगरपालिका–१० का वडाध्यक्ष गोविन्दप्रसाद भण्डारीले उक्त क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएकाले पुल निर्माण गरिएको बताउनुभयो । पुल सञ्चालनमा आएपछि सवारी आवागमन सहज र सुरक्षित हुनुका साथै स्थानीय कृषि उपज बजारसम्म पुर्याउन तथा आर्थिक गतिविधि बढेको उनले बताए।
सत्र महिनाको अवधिमा पुल निर्माण कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका लेखा प्रमुख केशव पोखरेलले जानकारी दिए। पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाका साथै उक्त मार्ग हुँदै आवतजावत गर्ने यात्रुलाई सहज हुने तथा एम्बुलेन्सलगायतका आपतकालीन सेवा सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया