ऋषि धमलाले मनाए भाइटीका, बहिनीको हातबाट लगाए सप्तरङ्गी टीका


काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नी बहिनिको हातबाट भाइटीका लगाएका छन्।

हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत भाइटीकाको अवसरमा धमलाले आज बहिनीसँग टीका लगाउँदै दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयता साटासाट गरेका हुन्।

भाइटीका नेपाली समाजमा दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विशेष पर्वका रूपमा मनाइन्छ। यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका र माला लगाइदिने परम्परा छ।

धमलाले पनि पारिवारिक आत्मीयताका साथ बहिनीको हातबाट भाइटीका लगाएर पर्व मनाएका हुन् ।