२८ कात्तिक, काठमाडौं । काठमाडौंको यूएन पार्क अगाडि रहेको एक भवनमा आगलागी भएको छ। ललितपुर महानगरपालिका–१० को कार्यालयको देब्रेतर्फ रहेको उक्त भवनमा आगलागी भएको हो।
भवनमा ‘सेकुवालय’ नामक रेस्टुरेन्ट सञ्चालनमा रहेको बताइएको छ।
केहीबेरअघि सुरु भएको आगलागी अहिले केही नियन्त्रणमा आएको छ। आगो निभाउन दमकल घटनास्थलमा पुगेका छन् र नियन्त्रणको प्रयास जारी छ।
आगलागीको कारण भने खुल्न सकेको छैन। घटनाबाट भएको सम्भावित क्षति तथा मानवीय असरबारे थप विवरण प्राप्त हुन बाँकी छ।




प्रतिक्रिया