काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट थप गरेको वरिष्ठ उपसभापति पदको काम, कर्तव्य र अधिकार विधानमै ताेकेकाे छ । विधान संशोधन गरेर वरिष्ठ उपसभापतिका लागि चारवटा जिम्मेवारी तोकिएको हो ।
निर्वाचन आयोगमा बुझाइएको विधानमा नयाँ धारा ‘२६क’ थप गरी वरिष्ठ उपसभापतिको काम, कर्तव्य र अधिकार व्यवस्था गरिएको छ ।
यसअघि कांग्रेसको विधानमा वरिष्ठ उपसभापतिको काम, कर्तव्य र अधिकारबारे स्पष्ट व्यवस्था थिएन ।
थप गरिएको धारा २६क अनुसार वरिष्ठ उपसभापतिका चार प्रमुख जिम्मेवारी छन् :
१. केन्द्रीय सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिको रूपमा कार्य गर्ने ।
२. केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखका रूपमा कार्य गर्ने ।
३. केन्द्रीय कार्यालयको संयोजन गर्ने ।
४. विधानमा तोकिएबमोजिम अन्य काम, कर्तव्य र अधिकार प्रयोग गर्ने ।
कांग्रेसको वरिष्ठ उपसभापतिको जिम्मेवारीमा विश्वप्रकाश शर्मा रहेका छन् ।





प्रतिक्रिया