काठमाडाैँ । नेपाली कांग्रेसले आजदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्ने भएको छ । महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्ताबेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको जानकारी दिए।
उनले पार्टीका कमीकमजोरी सच्चाउँदै सशक्त रूपमा उभिन र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाहका लागि योजना बनाउन ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्न लागिएको बताए।
मंसिर महिनाभित्रै जिल्ला र प्रदेश अधिवेशनका साथै स्थानीय तह निर्वाचनको तयारीलाई व्यापक बनाइने उल्लेख गर्दै उनले शीघ्र अभियानको खाकासहितको सर्कुलर प्रदेश र जिल्ला तहमा पठाइने बताए।




प्रतिक्रिया