चितवन । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह निकट नेपाल तरुण दल चितवनको अध्यक्षमा राजकुमार तामाङ नियुक्त भएका छन्।
केन्द्रीय अध्यक्ष दिल लामाद्वारा हस्ताक्षरित नियुक्तिपत्रमा संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता तथा भावी राजनीतिक कार्यदिशालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित तामाङलाई अध्यक्षमा मनोनयन गरिएको बताइएको छ ।
नियुक्तिपत्रमा तामाङको नेतृत्वमा आगामी छ महिनाभित्र जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गरी संगठनलाई थप सुदृढ, एकताबद्ध, गतिशील र व्यवस्थित बनाउने विश्वास व्यक्त गरिएको छ ।




प्रतिक्रिया