काठमाडौँ । दानबहादुर कार्कीले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा पहिलो (प्रारम्भिक) सुनुवाइ हुँदैछ। मुद्दाको पेसी न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा चढेको छ।
कार्कीलाई कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही बैठकले डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गरेको थियो।
सरकारको उक्त निर्णयविरुद्ध कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
उनले सरकारको निर्णय बदर गरी आफूलाई आईजीपी पदमा पुनर्बहाली गर्न र मुद्दाको अन्तिम किनारा नलागेसम्म नवनियुक्त आईजीपी केसीलाई कामकाज गर्नबाट रोक लगाउन अन्तरिम आदेशको माग गरेका छन्।




प्रतिक्रिया