काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज चितवन राइनोज र काठमाण्डू गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् ।
खेलमा दुवै टोली जित निकाल्दै क्वालिफायर्समा स्थान बनाउने लक्ष्यमा हुनेछन् । काठमाण्डूले तेस्रो शीर्ष टोलीको रूपमा इलिमिनेटरमा स्थान बनाएको हो । टोलीले सात खेलबाट चार जित र तीन हारसहित आठ अंक जोडेको थियो ।
चितवन भने चौथो स्थान हासिल गर्दै इलिमिनेटरमा प्रवेश गरेको थियो ।
टोलीले सात खेलबाट समान तीन जित र हारसहित सात अंक जोडेको थियो । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
यी दुईबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।




प्रतिक्रिया