२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो ८०३ ग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
मंगलबार राति १ बजेर २५ मिनेटमा हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत काठमाडौं आएका चीनको जिलिन प्रान्तका जियानह्वा वाङ पक्राउ परेका हुन् ।
विमानस्थलको भन्सार तथा सशस्त्र प्रहरीको चेकिङ क्षेत्र पार गरिसकेका वाङलाई नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । उनको साथबाट १ किलो ८०३.७७ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका वाङलाई बरामद सुनसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थलस्थित गौचर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया