६ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आइतबार बिहान प्रदेश प्रमुख डा. सुरेन्द्रलाल कर्णबाट मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्री नियुक्त गरेका थिए।
प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि संविधानको व्यवस्थाअनुसार ठूलो दलको संसदीय दलका नेताका रूपमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।




प्रतिक्रिया