काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतको औपचारिक भ्रमणको लागि दिल्ली प्रस्थान गरेका छन् ।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाजमा नयाँ दिल्लीका लागि उडेका हुन् ।
प्रधानमन्त्री बालोलाई बिदाइ गर्न ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र सत्तारुढ दल रास्वपाको तर्फबाट प्रवक्ता जगदीश खरेल विमानस्थलमा पुगेका थिए ।
प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो ।
प्रधानमन्त्री बालेन भारत पुगेपछि त्यहाँका राज्यमन्त्रीले विमानस्थलमा स्वागत गर्ने भएका छन् । भारतीय पक्षबाट आएको सूचना अनुसार वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमण टोलीको स्वागतका लागि पुग्ने भएका हुन् ।




प्रतिक्रिया