काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले समीर ठाकुरलाई कम्पनीको पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ ।
कम्पनीले आफ्नो व्यवसाय विस्तार र संस्थागत विकासलाई थप प्रभावकारी बनाउन ठाकुरलाई सीईओ नियुक्त गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त हुलास फिनसर्भले सवारीसाधन तथा विभिन्न विद्युतीय सामग्री खरिदका लागि वित्तीय सुविधा उपलब्ध गराउँदै आएको छ । कम्पनीले दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनका साथै ल्यापटप तथा मोबाइल फोन खरिदमा पनि कर्जा सुविधा दिँदै आएको छ ।
कम्पनीले नयाँ वित्तीय सेवा र विभिन्न संस्थासँगको साझेदारीमार्फत ग्राहकलाई सहज रूपमा वित्तीय सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
ठाकुरको नियुक्तिसँगै कम्पनीको व्यवस्थापन, सेवा सञ्चालन र व्यवसाय विस्तार थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया