करिब पाँच किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ


१० मंसिर, काठमाडौं । करिब पाँच किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भारतको केरला मुलरिया ठेगाना भएका २९ वर्षीय अबदुल नौसाद पक्राउ परेका हुन् । उनीबाट ४ किलो ८ सय ग्राम थाई गाँजा बरामद भएको छ ।

बाटिक एअरको उडानमार्फ उनी थाइल्याण्डबाट मलेसिया हुँदै काठमाडौं आएका थिए । उनमाथि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।