एमाले नेता बस्नेतको स्पटोक्तिः अराजकतावादी प्रसाईँले कम्बोडियामा ओलीको लगानी छ भनी फेक डकुमेन्ट बनाए


काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले साइबर अपराधमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) को नियन्त्रणमा रहेका मेडिकल व्यसायी दुर्गा प्रसाईलाई उनाले ‘अपराधिक ब्याकग्राउन्ड भएका अराजकतावादी’ को संज्ञा दिएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले भने यस्तो बताएका हुन् ।

प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक्जियटा कम्पनीमा ३२ अर्ब लगानी रहेको भ्रम फैलाएर आगामी मंसिर ७ गतेको कार्यक्रमलाई हिंश्रक बनाउन खोजेको नेता बस्नेतको आरोप छ । आफूहरुले प्रसाईँको अराजकताबारे पटक–पटक बोल्दै प्रहरीले धेरै गम्भीरतापूर्वक नलिएको बताए ।

‘आज पछिल्लो बेलामा विशेष गरेर प्रधानमन्त्रीको कम्बोडियाको एक्जियटामा ३२ अर्बको लगानी छ भन्ने फेक डकुमेन्ट उनले प्रस्तुत गरे । प्रधानमन्त्रीले नाम केपी शर्मा ओली लेख्नुहुन्छ । त्यहाँ खड्का प्रसाद ओली भनेर लेखिएको छ । न हस्ताक्षर मिल्छ ? यो सबै कुरालाई फेक डकुमेन्ट बनाएर प्रधानमन्त्री र एमालेको बदनाम गर्ने र मंसिर ७ गते कार्यक्रम गर्छु भन्ने बहानामा त्यसलाई हिंश्रक बनाउन खोजियो,’– उनले भने ।

साथै, प्रसाईँले योजना बनाएर आफ्ना डिफेन्सर प्रयोग गरी अभियन्ता पुण्य गौतमको हत्या गराउने नियतले आक्रमण गराएको उनको आरोप छ । प्रसाईँले उनको विरुद्ध फरक मत राख्ने गभर्नरदेखि प्रहरी अधिकारीसम्मलाई भारतीय नम्बर प्रयोग गरेर धम्क्याएको नेता बस्नेतले बताए ।