काठमाडौं, मंसिर २१ । नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गतको आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध टस जितेको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर बलिङ रोजेका हुन् । यसैगरी आजै अर्को खेल पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।
हिजोको खेलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ । हिजोको भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई ७३ रनले हराउदै लगातार जित दर्ता गराएको हो ।
हिजै भएको अर्को खेलमा पोखरा एभेञ्जर्सलाई सात विकेटले हराउँदै जनकपुर बोल्ट्सले लगातार तेस्रो जित गर्यो ।
जितका लागि पोखराले दिएको एक सय ३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर १ बलमा तीन विकेटको क्षतिमा एक सय ४३ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।




प्रतिक्रिया