काठमाडौं, २० माघ । नेपाली कांग्रेसभित्र आसन्न १५औं महाधिवेशनको बहस सुरु भएको छ । सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरेर सक्रिय राजनीतिबाट विदा लिने महाधिवेशन भएकोले अहिलेदेखि नै १५औं महाधिवेशनको बारेमा चर्चा हुनु स्वभाविक हो । तर, कतिपय नेताहरुले भने अहिलेदेखि नै गुट अदलीबदली गरेको चर्चापनि छ ।
देउवा क्याम्पका शक्तिशाली नेताहरु बालकृष्ण खाँण, महेन्द्र यादव र एनपी साउदले देउवाको साथ छोडेको हल्ला छ । तर, सभापति देउवानिकट उच्च स्रोतले भने कोहीपनि नेता देउवाको क्याम्पबाट दायाँबायाँ नभएको दाबी गरेको छ। सभापति देउवाले अहिले नै आफ्नो उत्तराधिकारी तोकेका छैनन् ।
उनी अहिले कसले पार्टीलाई कुशल नेतृत्व दिनसक्छ भनेर नाडी छामेर बसेका छन् । कतिपयले महामन्त्री गगन थापा नै देउवा क्याम्पमा पुगेको दाबी गर्ने गरेका छन् । १४औं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीमा बाजी मारेका गगनले १५औं महाधिवेशनको मुखमा गुट चेञ्ज गरेको र देउवाको क्याम्पमा पुगेको बताईन्छ । १५औं महाधिवेशनमा गगनले सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् ।
उता, १४औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएपनि १५औं महाधिवेशनमा सभापतिको उम्मेद्वारी दिने घोषणा गरेका छन् । उनले अहिले आसन्न महाधिवेशनलक्षित देशव्यापी दौडाह गरिरहेका छन् । अहिले गगनसँग उनको सुमधुर सम्बन्ध छैन् । यो बीचमा शेखरको क्याम्प बलियो बन्दै गएको दाबी गरिरहेका छन् ।
देउवाका विश्वासपात्रहरु एनपी साउद नै शेखरको टिममा गएको चर्चा गरिएको छ । तर, देउवानिकट स्रोतले भने एनपी साउद अहिलेपनि देउवा क्याम्पमा रहेको दाबी गरेको छ । उता, महेन्द्र यादवले देउवाको साथ छोडेको हो होईन भन्ने अझै खुलेको छैन् । तर, मधेश प्रदेशमा देउवाको गुट सशक्त छ । देवी प्रसाद तिमिल्सिनालगायत देउवा क्याम्पमा पुगेको बताईन्छ ।
लामो समय बालकृष्ण खाँण निष्क्रिय थिए । तर, पछिल्लो समय उनी देउवासँगको भेटवार्तापछि सक्रिय हुन थालेका छन् । गगन थापाले अहिलेको कांग्रेस–एमालेको सरकार बलियो बनाउने सवालमा अलिक बढि नै सक्रियता देखाएका छन् । सरकारको पक्षमा सार्वजनिक रुपमै वकालत गरेका छन् ।
यसले पनि कतिपयले उनी देउवा क्याम्पमा पुगेको भन्ने गरेका छन् । तर, उनीपनि आफ्नै समूह बलियो बनाउनेगरि लागेको विश्वस्त स्रोतको दाबी छ । महाधिवेशन लागेपछि मात्रै गुट कस्तो हुने र नेताहरु को कता जाने भन्ने कुरा स्पष्ट हुने बताईन्छ ।
अहिलेका महामन्त्री थापाले भने १५औं महाधिवेशनमा आफ्नै गुट खडा गर्नेगरि तयारी थालेका छन् । उनलाई अहिलेका महामन्त्री विश्वप्रकाश शर्माले दरिलो साथ दिएका छन् । यसअघि गगनसँगै महामन्त्रीमा प्रतिष्पर्धा गरेका हालका स्वास्थ्यमन्त्री प्रदीप पौडेलपनि थापाकै गुटमा जोडिने पक्का भएको स्रोतको दाबी छ । थापाले आफू सभापति उठ्दा प्रदीपलाई नै महामन्त्रीको उम्मेद्वार बनाउने उच्चस्तरको समझदारी बनेको बताईन्छ । विश्वप्रकाशले उपसभापति हुने मन बनाएका छन् ।
एमालेसँगको सहकार्यपछि देउवा थप शक्तिशाली बनेका छन् । उनले सरकारमा पनि प्रभावकारी हस्तक्षेप बढाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भएपनि सरकार सञ्चालनमा देउवा हाबी भएका छन् । file photo




प्रतिक्रिया