नेसपा (नयाँशक्ति) को उपाध्यक्षमा मानुषी निर्विरोध, अध्यक्षमा बाबुरामलाई नेत्रको चुनौती


काठमाडौं । डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएका छन् । समावेशी अन्तर्गत भट्टराई महिला र सोव दलित क्लटरबाट निर्वाचित भएका हुन् ।

अध्यक्षका लागि डा। बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दर्ता गराएका छन् ।आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुने छ । तीन बजेबाट हुने मतदानले ९९ जनाको कार्यसमिति चयन गर्नेछ ।