अस्थिरतावादका हिमायतिहरुले सरकारविरुद्ध भ्रमको खेति गरेपनि अभिष्ट पूरा हुँदैन: एमाले महासचिव पोख्रेल


काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सरकारविरुद्ध अस्थिरतावादका हिमायतिहरुले भ्रमको खेती गरिरहेको दाबी गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै पोखरेलले सरकार विरुद्ध भ्रम छरेपनि त्यो अभिष्ट पुरा नहुने दाबी गरेका छन् ।

‘७ वुँदे सहमतिको जगमा बनेको वर्तमान सत्ता समिकरणवाट विचलित भएका अस्थिरतावादका हिमायतिहरु सहकार्यका विरुद्धमा अनेक प्रकारका भ्रम र अफवाहको खेति गरिरहेका छन्’उनले भनेका छन् ‘उनीहरुले सत्तासमिकरणका विरुद्धमा जस्तोसुकै कुप्रयास गरेपनि तिनको अभिष्ट पुरा हुने छैन, हुन दिइने छैन । किनकी सहकार्य वर्तमान राजनीतिक परिस्थितिको उपज हो’।