राजनीतिक विश्लेषक डा.केसीको टिप्पणीः नेताहरु देश र जनताको लागि नभएर आज जे गर्दैछन्, त्यसैको लागि लडेका थिए (भिडिओसहित)


काठमाडौं, १ फागुन । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले नेताहरु प्रजातन्त्र, देश र जनताको लागि नलडेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेताहरुको आजको आचरण हेर्दा उनीहरु प्रजातन्त्र र देश र जनताको लागि नलडेको पुष्टि हुने बताएका हुन् । नेताहरुको आज देखिइरहेको आचरणले उनीहरु आफ्नो स्वार्थका लागि लडेका थिए भन्ने कुरा पुष्टि गर्ने डा.केसीको तर्क छ ।

‘उनीहरु प्रजातन्त्रको लागि, देशको लागि लडेको भन्ने कुरा नै भ्रामक हो । उनीहरु आज जे गर्दैछन्, त्यसको लागि लडेको भन्ने कुरा नाङ्गो भयो । नेताहरुको आचरण हेर्दाखेरी उनीहरु देश र जनता, प्रजातन्त्र र कम्युनिजमको लागि होईन,’– उनले भने ।

अहिले कुनै दलभित्र योग्यता, विज्ञताको कदर नभएको उनको दाबी छ । डा.केसीले भने,‘परराष्ट्रमन्त्री हुनलाई विज्ञता चाहिँदैन, अर्थमन्त्री हुनलाई विज्ञता चाहिँदैन । दलभित्र योग्यता पनि छैन, विज्ञता पनि छैन ।’ File Photo/RN