काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आगामी नोभेम्बर ४ अर्थात् कात्तिक १८ गते नेपाल भ्रमणमा आउने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणको तयारीका लागि उनी काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
मिश्रीको नेपाल भ्रमणअघि नै नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि काठमाडौं आइपुग्ने तयारीमा छन्।
प्रधानमन्त्री शाह आगामी मंसिरको पहिलो साता भारत भ्रमणमा जाने तयारी भइरहेको बताइए पनि दुवै देशले यसबारे औपचारिक मिति सार्वजनिक गरेकाे छैन।
परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले भने प्रधानमन्त्रीको भ्रमणलाई लिएर आवश्यक तयारी अघि बढाइरहेका छन्। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि दुई देशबीचको आपसी सहमतिमा भ्रमणको मिति तय हुनेछ।




प्रतिक्रिया