काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका नेता तथा अस्कल क्याम्पस मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उपाध्यक्ष प्रकाश वयकमाथि हातपात भएको छ ।
बुधबार राती ७ बजे तिर नेपाल प्रहरीको प्रतिनिधि हुं भनेर कल गर्दै अस्कल होस्टल बाहिर आउनु ऋक्क्ष्त् को फर्म भर्नु छ भनि बोलाएर अस्कल होस्टेल बाहिरबाट उठाएर सोधपुछ गर्नु छ भनि विनाकसुर हतकडि लगाएर दरबारमार्ग वृतको प्रहरीले टोखामा लगेर विभिन्न आरोप लगाउँदै कुटपिट भएको अनेरास्ववियुले जनाएको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले आज एक विज्ञप्ति जारी गर्दै बयललाई विभिन्न आरोप लगाएर मुद्दा चलान गर्छु भनि धम्कि दिँदै नाक, मुख, आखा सुन्निने गरि कुटपिट गरिएको जानकारी गराएका छन् । घाइते भएका बयलको वीर अस्पतालमा चेकजांच गराएर राती २ बजे डिस्चार्ज गरिएको छ ।
‘नेपाल प्रहरीको यस किसिमको गैरकानुनी तवरको धरपकड र ज्यादती निन्दनीय छ । तत्काल यसको छानबिन गरी दोसीहरुलाई कार्बाही गर्न जोडदार माग गर्दछौं । अन्यथा यस किसिमका गतिविधि विरुद्ध कडा भन्दा कडा आन्दोलनमा उत्रिन संगठन बाध्य हुने चेतावनी यसै विज्ञप्ति मार्फत दिन चाहन्छौं’ बडालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया