काठमाडौं, १ फागुन । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र सहकारी पीडितहरुबीच मिलापत्र जारी रहेको छ । पीडितमध्ये धेरैले मिलापत्र गरिसकेको र एक लाखभन्दा कम बचत भएका बचतकर्ताहरुलाई नगद फिर्ता गर्ने कार्य पनि जारी रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार एक हप्ताभन्दा बढी समय अघिदेखि मेयर नेपाली र सहकारी पीडितबीच मिलापत्रको काम चलिरहेको छ । मेयर नेपालीले एक लाखभन्दा कम बचत भएका बचतकर्तालाई दुई करोडभन्दा धेरै रकम फिर्ता गरिसकेका छन् ।
मेयर नेपाली हाल पुर्पक्षका लागि जिल्ला कारागारमा छन् । गत असोज १५ गते जिल्ला अदालत बागलुङको आदेशले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । १ हजार ५ सय ७३ जनाले नेपालीसहित सञ्चालक र कर्मचारी गरी १३ जनाविरुद्ध सहकारी ठगीको मुद्दा दायर गरेका थिए ।
२०८० को जेठ ४ गतेदेखि फरार भएका मेयर नेपालीलाई प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो । उनीविरुद्ध २०८० माघमै रेडकर्नर नोटिससमेत जारी भइसकेको थियो । सबै पीडितसँग मिलापत्र भएको अवस्थामा उनीविरुद्धको सहकारी ठगी मुद्दा फिर्ता हुने बताइएको छ । नेपाली नेकपा (एमाले) बाट उम्मेदवार बनेर २०७९ को आम स्थानीय तह निर्वाचित भएका थिए । File Photo/RN
यो पनि पढ्नुहोस्ः सहकारी ठगी प्रकरणमा फरार मेयर देवकुमार नेपालीले छानविन समितिलाई पठाए जवाफ
सहकारी ठगी प्रकरण: दिल्लीमा पक्राउ परेका ढोरपाटनका मेयर नेपालीलाई काठमाडौं ल्याइयो
सहकारीको २ अर्ब ठगी गरेर १६ महिनादेखि फरार छन् ढोरपाटनका मेयर नेपाली
दुई अर्बभन्दा बढि ठगी गरेका मेयर नेपालीको ४४ ठाउँमा घरजग्गा (विवरणसहित)




प्रतिक्रिया