काठमाडौं, ३ फागुन । सत्ता गठबन्धनको बैठक जारी छ । बालुवाटारमा जारी बैठकमा सरकारमा सहभागी दल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र श्रममन्त्रीसमेत रहेका नेता शरदसिंह भण्डारी पनि सरिक छन् । सरकारमा नै बसेर सरकारले ल्याएको अध्यादेशको विपक्षमा उभिने निर्णय लिएको लोसपापनि बैठकमा सरिक भएको छ ।
अध्यक्ष ठाकुरले त पार्टीबाट सरकारमा सहभागी मन्त्री भण्डारीलाई राजीनामा दिन तयार भएर बस्न निर्देशन दिएका थिए । जतिबेला ठाकुरले यस्तो निर्देशन दिएका थिए, त्यतिवेला मन्त्री भण्डारी भने दुवइमा थिए । उनी ठाकुरले बोलाएपछि नै एक दिनअघि नै काठमाडौं ओर्लिएका हुन् ।
आजको बैठकमा जनमत पार्टीका नेता अब्दुल खाँन, नागरिक उन्मुत्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनता समाजावादी पार्टीका अध्यक्ष अशोक राई र महासचिव मोहम्मद इस्तियाक राइ सहभागी छन् । तर, भूमिसम्बन्धी अध्यादेश अस्विकार गर्ने निर्णय लिएको जनता समाजवादी पार्टी, नेपालबाट कोहीपनि सहभागी भएको देखिँदैन् ।
नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखक सहभागी छन् । उता, एमालेबाट प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, विष्णु रिमाल बैठकमा सहभागी छन् ।




प्रतिक्रिया